जनताका आँखामा आँशु बहेको आफूहरुले देख्न नसक्नेः अध्यक्ष नेपाल

  Sampatti News 2024

September 9, 2024

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताका आँखामा आँशु बहेको आफूहरुले देख्न नसक्ने बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउँदै उनले सर्वोच्चको सो फैसलाले आम नागरिकहरुमा ठूलो असर परेको भन्दै नागरिकको पीरमर्काप्रति आफ्नो पार्टी संवेदनशील रहेको बताए ।

उनले भने– ‘जनताका आँखामा आँशु बहेको आफूहरुले देख्न नसक्ने र अनुहारमा मुस्कान र जनताको उज्यालो अनुहार हेर्ने चाहना छ । कुनैपनि एउटा परिवारलाई पीडा हुँदा आफूलाई पोल्ने गरेको छ ।,’

उनले न्यायपालिकाले फैसलाको पुनरावलोकन गर्नुपर्ने बताउदैँ आफू प्रधानमन्त्री भएको बेलामा ठूलाठूला निर्णयहरु गरेको दाबी गर्दै सो निर्णयले कतिपय नेताहरुको खुट्टा काँप्न थालेको पनि बताए ।

अध्यक्ष नेपालले संसदको माध्यमबाट अहिलेको सरकारलाई झक्झक्याउने काम गरिरहेको बताए ।

प्रकाशित मिति:September 9, 2024