संविधानको रक्षा र कार्यान्वयनमा जनताको सक्रिय निगरानी आवश्यक : प्रचण्ड

Nepal Cover
२५ भाद्र २०८१, मंगलवार
image

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको सक्रिय निगरानी आवश्यक भएको बताएका छन् ।

सिरहामा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले संविधानको कार्यान्वयनमा जनताको सहयोग अपरिहार्य रहेकोतर्फ जोड दिएका हुन् । उनले संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न ठूलो प्रयास गरेको उल्लेख गर्दै यसको पूर्ण कार्यान्वयनबाट जनताको स्थिति बदल्नुपर्ने बताए ।

OM Sai Pathibhara Hospital

विसं २०७० को निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिरहाको जनप्रतिनिधिको रुपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएकोमा सिरहाका जनतालाई धन्यवाद दिँदै उनले अब संविधानको रक्षा र कार्यान्वयनमा पनि जनताको निरन्तर साथ सहयोग आवश्यक हुने बताए ।

संविधान जारी भएपछि मधेसका जनतालाई पनि विश्वासमा लिएर आफूले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गरेको स्मरण गर्दै दाहालले संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न अत्यधिक प्रयत्न गरेको पनि स्पष्ट गरेका छन् ।