काठमाडौंका नयाँ सिडिओ जयनारायण आचार्य एक कुशल प्रशासक

  Sampatti News 2024

September 11, 2024

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंलगायतका केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको जिम्मेवारी हेरफेर गरेको छ । मङ्गलवार राति मन्त्रालयले रिक्त रहेका जिल्लासहित काठमाडौँका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । काठमाडौंमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यलाई सरुवा गरिएको हो ।

गृह सचिवमा गोकर्णमणि दुवाडीले जिम्मेवारी सम्हालेपछि गृह मातहतका कर्मचारी हेरफेर भएको हो । गृहले रिक्त रहेका तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी समेत पठाइएको छ ।

सिन्धुलीको सिडिओमा गृहमन्त्रालयबाट लीला प्रसाद शर्मालाई पठाइएको छ । यसैगरी अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई रिक्त सिन्धुपाल्चोकको सिडिओको रुपमा पठाइएको छ । यसैगरी गृह मन्त्रालयकै उपसचिव रमा आचार्य सुवेदीलाई जिल्ला प्रशासन कार्यालय प्युठानको सिडिओमा पठाइएको छ ।

अन्य जिल्लामा पनि सिडिओ हेरफेर गर्ने तयारी भइरहेको गृह स्रोतबाट समाचार प्राप्त भएको छ ।

कुशल प्रशासक हुन काठमाडौंका नयाँ सिडिओ आचार्य

काठमाडौं जिल्लामा आएका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य एक कुशल प्रशासका रुपमा परिचिति छन् । उनी २०५९ सालमा निजामती सेवामा प्रवेश गरेका हुन् । उनको पहिलो पोष्टिङ सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा रामेछापमा भएको थियो । उनी त्यहाँ कार्यरत रहदा देखिनै कुशल प्रशासकका रुपमा चिनिदै आएका छन् ।

उनी २०६६ सालमा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएका थिए । २०६८ सालमा खुला प्रतिस्पर्धाबाट उपसचिव बनेपछि आचार्यले आफ्नो कार्यकुशलता अझै फराकिलो बनाउदै आफुलाई परिचति गराउदै आएका छन् ।

उनी उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया गए, जहाँ सउल नेशनल युनिभर्सिटीबाट गोल्ड मेडल हासिल गरे नेपाल फर्किए । अध्ययनपछि नेपाल फर्केर उनले फेरि प्रधानमन्त्री कार्यालयमा नै उपसचिवको रुपमा खटिएका थिए ।

उनी राष्ट्रिय योजना आयोगमा २०७१ सालमा सहसचिव बनेर पोष्टिङ भए । त्यसपछि उनी पर्यटन विभागका महानिर्देशक, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा काम गर्दै प्रशासनिक जिम्मेवारी सम्हाल्दै अघि बढे ।

आचार्य पहिलो पटक दाङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा २०७६ सालमा पोष्टिङ भए । दाङपछि सप्तरी, कास्की र ललितपुरमा प्रमुख जिल्ला अधिकारीका रूपमा आफ्नो प्रशासनिक अब्बलता कायम गरेका व्यक्तित्व हुन् ।

२०७९ मा ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए । जतिबेला कर्णालीकै सहसचिवत्रयहरुले सम्हालेका थिए उपत्यका प्रशासनको कमाण्ड ।

गृहकै क्याडरका रुपमा परिचित आचार्य जिल्ला प्रशासन काठमाडौंमा आउदा उनको सेवा प्रवाहमा चुस्तता आउने विश्वास छ ।

नागरिक र राज्य बीचको दुरी घटाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र प्रशासनिक कार्यालयहरूको पारदर्शितालाई बढावा दिने काममा विशेष जोड दिने आचार्य नागरिकको सहज पहुँच सुनिश्चित गर्न आफ्नो कार्यकक्षको ढोका सधैँ खुला राख्ने परम्परा बसाल्ने प्रशासकका रुपमासमेत चिनिन्छन् ।

आफूमा भएको इच्छाशक्ति र निष्पक्ष लोक सेवा आयोगकै कारण आफू आज यो अवस्थासम्म आईपुगेको उनले बताउने गरेका छन् । उनले भन्ने गरेका छन् – म मेरो कार्यकक्षमा कहिले पनि ढोका लगाउदिन । सधैँ ढोका खुल्ला राख्छु, ताकि कुनै पनि सेवाग्राही केही पनि कामले आउँदा रोकिन नपरोस् ।

प्रकाशित मिति:September 11, 2024