असोज १३ गतेबाट दशैंका लागि नोट साट्न पाइने

  Sampatti News 2024

September 11, 2024

काठमाडौं । आगामी असोज १३ गतेबाट सुकिला नोट साट्न पाइने भएको छ । नजिकिदै गरेको दशैका लागि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र बैंकका साथै बैंकहरू मार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गर्न लागिएको हो ।

सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् ।

प्रकाशित मिति:September 11, 2024