दशैंका लागि अग्रीम टिकट बुकिङ खुल्यो

  Sampatti News 2024

September 11, 2024

काठमाडौं । दशैंका लागि यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउन थालेका छन् ।

एक महिनापछि असोज २४ गते फूलपाती रहेको छ । विगतमा यातायात व्यवस्था विभागले अग्रिम टिकट खुलाउने निर्णय गरेपछि मात्र व्यवसायी अघि सर्थे । तर, यो पटक व्यवसायी पहिले तातेका छन् । पूर्व अरनिको यातायात प्रालिको भदौ १५ गते सञ्चालक समितिको बैठकले भदौ २० गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो ।

‘आ–आफ्नो गाउँघर (विजया दशमी मनाउन) जानुहुने यात्रुहरूलाई सहजीकरण होस् भन्ने उद्देश्य राखी यही भदौ २० गतेबाट अग्रिम टिकट बुकिङ्ग गर्ने निर्णय भएको छ,’ अरनिको यातायातले निकालेको सूचनामा उल्लेख छ ।

यातायात व्यवस्था विभागले चाडपर्वको लागि अग्रिम टिकट बुकिङका लागि तयारी सुरु भई नसकेको बताएको छ ।

प्रकाशित मिति:September 11, 2024