असोज ७ गतेबाट चाडवाड लक्षित सहुलियत पसल खुल्ने

  Sampatti News 2024

September 13, 2024

काठमाडौं । आगामी असोस ७ गतेबाट चाडवाड लक्षित सहुलियत पसल खुल्ने भएका छन् । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाडलक्षित सहुलियत पसल सञ्चालन गर्न भनेका छ ।

मन्त्रालयका अनुसार उपभोक्ताको ध्यानमा राखि अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्नीले सहुलियत पसल सञ्चालन गर्ने

४२ जिल्लाका ६१ स्थानमा सहुलियत मूल्यका पसर खाद्य व्यवस्था तथा व्यापार कम्नीले सञ्चालन गर्ने छ ।
आमउपभोत्ताको हितलाई ख्यालमा राख्दै चामलमा प्रतिकिलो रु पाँच छुट पाइने व्यावस्था हुने भएको छ ।
कर्णालीका रैथाने उत्पादनहरु जुम्ली मार्सी चामल, कागुनो, चिनो, कर्णालीको सिमी, उवा र तितेफापरमा प्रतिकिलो रु सात छुट पाइने छ ।सबै प्रकारका दाल तथा गेडागुडीमा प्रतिकिलो रु पाँच, गहुँको पिठो, चिउरा, चिनी, गहुँलगायत वस्तुमा प्रतिकिलो रु सात, सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर रु सात र डिडिसी घ्यूमा प्रतिलिटर रु १० छुट तथा च्याङ्ग्रा, खसी, बोकाको मासुमा प्रतिकिलो रु १० छुटको व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पारेशनले पनि सहुलियत मुल्यका पसलहरु खोल्ने

साल्ट ट्रेडिङ कर्पारेशनले पनि सहुलियत मुल्यका पसलहरु खोल्ने भएको छ । काठमाडौँ उपत्यकामा तीनवटा घुम्ती पसलसहित नौ स्थानमा सहुलियत मूल्यका पसलहरु खोल्ने भएको हो ।

उपत्यकाबाहेक विभिन्न २२ जिल्लामा पनि साल्ट ट्रेडिङले सहुलियत सुविधा उपलब्ध गराउने जनाएको छ । साल्ट ट्रेडिङले नूनमा प्रतिकिलो रु दुई, चिनीमा प्रतिकिलो रु पाँच, तेलमा प्रतिलिटर रु सात र चिउरा, पिठो तथा मैदामा प्रतिकिलो रु सात छुट दिनेछ ।

दुग्ध विकास संस्थानले यही भदौ १ गतेदेखिबाटै सुरु

दुग्ध विकास संस्थानले यही भदौ १ बाटै सहुलियतका पसलहरु सञ्चालनमा ल्याएको छ ।
संस्थानले कात्तिक मसान्तसम्मका लागि चाडबाड लक्षित छुट योजना सञ्चालन गरिरहेको छ ।
चाडपर्वको समयमा पेट्रोलियम पदार्थको सहज र नियमित आपूर्तिको व्यवस्था मिलाउन आयल निगमलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
चाडपर्व लक्षित सहुलियत मूल्य पसलबाट उपलब्ध गराइने वस्तु तथा सोको मूल्य बिक्रीकक्ष बाहिर सबैले देख्ने गरी राख्नुपर्नेछ । यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ ।

प्रकाशित मिति:September 13, 2024