संवैधानिक परिषद्को बैठक बस्दै

  Sampatti News 2024

September 13, 2024


काठमाडौं । संवैधानिक परिषदको बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्री एवं नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेगरि बैठक बोलाएका हुन् ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ मा अवकाशमा जाँदैछन् । त्यसकारण सर्वोच्चको नयाँ प्रधानन्यायाधीश सिफारिसको तयारी गर्न लागिएको हो ।
संवैधानिक प्रावधान अनुसार एक महिना अगाडि प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिसदले सिफारिस गर्नुपर्छ । तर राजनीतिक खिचातानीका कारण बैठक नै बस्न नसकेको हो ।
न्यायपरिषदले प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि आठ न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाइसकेको छ ।

सर्वोच्चको न्यायाधीशको वरिष्ठतामा न्यायाधीश प्रकाशमानसिंह राउत अगाडि छन्। त्यसपछि क्रमस नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुडालको नाम परिषदमा पठाइएको छ।

प्रकाशित मिति:September 13, 2024