वेइमानी गर्ने मान्छेलाई सरकारले छोड्दैनः मुख्यसचिव अर्याल

बर्दी र पद नहेरी काम गर्न मुख्यसचिव अर्यालको निर्देशन

  Sampatti News 2024

September 13, 2024

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले वेइमानी गर्ने कसैलाई पनि नछोड्ने बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘बजारको सुशासनमा देखिएको चुनौती र हाम्रो दायित्व’ विषयक कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले चाडवार्डको समयमा कालाबजारी गर्ने जो कोहिलाई सरकारले नछोड्ने बताएका हुन् ।

उनले सो कार्यक्रममा बोल्दै चाडबाडको बेलामा कालाबजारी गर्ने जो कोहिलाई कारर्वाहीको दायरामा ल्याउन ७७ वटै जिल्लाका सिडिओलाई कार्यक्रम मार्फत निर्देशनसमेत दिएका छन् ।

कार्यक्रममा धारणा राख्दै नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल ।

उनले कुनै पनी बहानामा मुल्यवृद्धी, यातायातमा अनावश्यक भाडा वृद्धी र खाद्य बस्तुमा मिसावट गर्ने जो कोहिलाई कारवाही गर्न नडाराउन पनि निर्देशन दिएका हुन् । अर्यालले जनतालाई सेवा दिने कुरामा बर्दी र पद नहेरी काम गर्न निर्देशन दिएका छन् । चाडपर्व नजिकिएसँगै बजारमा हुने कालोबजारी रोक्नका लागि सबै सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरूले बर्दी र पद नहेरी काम गर्न उनले निर्देशन दिएका हुन् ।

उनले चाडपर्वको समयमा राजनीतिक झोला छाडेर जनताको झोला बोक्न पनि आग्रह गरेका छन् । ‘खास गरेर चाडपर्वको समयमा जिम्मेवार पदाधिकारीहरूले राजनीतिक झोला छाडिदिनुहोस् । पद र बर्दी पनि बिर्सिदिनुहोस्, उनी भन्छन्, सबै कुरा बिर्सिएर जनताको लागि काम गरौं, जनताको सेवामा लाग्न म अनुरोध गर्छु ।

उनले भने – ‘ नेपालमा कानुन नभएको होइन, कानुन छ त्यसैले अब हामी यो समयमा कसले कति काम गर्यो भन्ने कुरा हेर्छौ । सोहीअनुसार उहाँहरूको मूल्यांकन हुन्छ । निर्धक भएर जनताको सेवामा खटिनुपर्यो यस विषयमामा कुनै प्रेसर र कार्वाहीको कुरा भयो भने मलाई रिपोर्टीङ गर्नुहोला ।’

‘चाडवार्ड नजिकिदै छ । अब मानिसहरु आफ्नो गन्तव्यमा जान्छन् । सडकमा खाल्डा खुल्डी छन् । विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएको छैन । म यहिबाट भन्न चहान्छु । सम्बन्धित निकायले तुरुन्तै यस विषयलाई सहजिकरण गर्नु पर्यो ।’ –अर्यालले भने ।

कार्यक्रममा धारणा राख्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्राचार्य ।

अनुगमनका लागि सादा पोसाकका प्रहरी खटाएका छौंः किरण बज्राचार्य

कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्राचार्यले हरेक ठाउँको गतिविधि निरिक्षण र अनुगमनका लागि सादा पोसाकका प्रहरी परिचालन गर्न थालेको बताएका छन् ।
नजिकिदै गरेको चाडवार्डमा विभिन्न किसिमका लुटपाट, ठगी जस्ता कृयाकलाप हुने गरेको र त्यसलाई अनुगमन गर्न प्रहरी परिचालन गरिएको बताएका छन् ।

उनले भने – ‘चाडवाडको बेलामा जुवा तास खेल्ने, मादक पदार्थ सेवन, लागु औषध दुर्व्यसन, यातायातमा महिलालाई यौन जन्य हिंसा जस्ता कृयाकलाप हुने हुँदा हामि त्यसको निगरानी गर्छौं ।’

भन्सार छली, राजश्व छलीलगायतका विषयमा पनि प्रहरीले सुक्ष्म तरिकाले अनुगमन गरिरहेको बज्राचार्यले बताए ।

कार्यक्रममा धारणा राख्दै नेपाल गुणस्तर तथा नापतौल विभागकी महानिर्देक कुमारी ज्योती जोसी (भट्ट) ।

गुणस्तर चिन्हलाई हेरेर हामि अनुगमन गछौंः महानिर्देशक जोसी

नेपाल गुणस्तर तथा नापतौल विभागकी महानिर्देक कुमारी ज्योती जोसी (भट्ट)ले कुनै पनि बस्तु गुणस्तर नभएको लागे ‘कम्पेलन’ गर्न सकिने बताएकी छिन् । ‘हामिले सबै क्षेत्रमा गुणस्तरीय उत्पादनलाई जोड दिन्छौं । विभागले दिने गुणस्तर चिन्हलाई हेरेर हामि अनुगमन गछौं । डोटीदेखि झापासम्म हाम्रो कार्यालय छ । जुनसुकै बेला तपाइहरुले ‘कम्पेलन’ गर्न सक्नु हुन्छ ।’ उनले भनिन् ।

कार्यक्रममा धारणा राख्दै वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल ।

बजार अनुगमन १२ महिनै हुन्छः महानिर्देशक पौडेल

णिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले चाडवार्डमा मात्र नभएर १२ महिना अनुगमन गरिरहेको बताएका छन् ।

विभागको कार्ययोजनामा आधारित भएर आफुहरुले अनुगमन गर्ने पनि उनले बताए ।

खराव, गुणस्तरहिन बस्तु उत्पादन गर्ने जो कोहीलाई कार्वाहीको दायरामा ल्याउने उनले बताए ।

कार्यक्रममा धारणा राख्दै नेपाल समाचारपत्र दैनिकका सम्पादक सागर पण्डित ।

बजारमा अराजकता रोक्न अनुगमन आवश्यकः सम्पादक पण्डित

नेपाल समाचारपत्र दैनिकका सम्पादक सागर पण्डितले बजारमा भएको अराजकता रोक्न अनुगमनको आवश्यकता भएको बताएका छन् ।
कार्यक्रममा आफ्नो धारणा राख्दै पण्डितले पछिल्लो २ महिनामा महङ्गी अत्यधिक बढेकोसमेत बताएका छन् ।
उनले नागरिक पिडित भएको भन्दै बजारको शुसासन कोमामा गएको समेत बताएका छन् ।

कार्यक्रममा धारणा राख्दै यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला ।

चाडपर्वको समयमा यात्रा गर्दा टिकट काटेर मात्रै यात्रा गर्नुहोस्ः उपाध्यक्ष सिटौला

तायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडावडका बेला यात्रा गर्दा अनिवार्य टिकट गरेर मात्र यात्रा गर्न अनुरोध गरेका छन् ।

उनले सरकारलाई चाडपर्वलाई ध्यानमा राख्दै असोज महिनाभर यात्रुवहाक सवारीसाधनलाई प्राथमिकतामा राखेर सेवा दिन मिलाइदिन सरकारसँग आग्रहसमेत गरेका छन् ।

चाडवाडको बेलामा धेरै यात्रुहरुलाई घरसम्म पुर्याउनुपर्ने जिम्मेवारी भएकोले अन्य नम्बर प्लेटका सवारीसाधनभन्दा पनि कालो नम्बर प्लेटका गाडी अर्थात् यात्रुबहाक सवारीसाधनलाई प्राथमिकता दिन उनले आग्रह गरेका हुन् ।

कार्यक्रमका बारेमा आफ्ना उदेश्य राख्दै तराई विकास तथा सञ्चार केन्द्र, नेपालका अध्यक्ष गोविन्दप्रसाद चौलागाईं ।

तराई विकास तथा सञ्चार केन्द्र, नेपालका अध्यक्ष गोविन्दप्रसाद चौलागाईंको अध्यक्षता भएको उक्त कार्यक्रममा काठमाडौं जिल्लाका सिडियो जयनारायण आचार्य, भक्तपुर जिल्लाको सिडिओ रोशनी कुमारी श्रेष्ठ र ललितपुर जिल्लाका सिडिओ तुलसीबहादुर श्रेष्ठको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा गुणस्तर खाद्य बिभागका महानिर्देशक औषधि बिभागका महानिर्देशक, सरकारी सबै निकायका महानिर्देशकको उपस्थित र यातायात व्यावसायी राष्ट्रिय महासघ वरिष्ठ उपाध्याक्ष सरोज सिटौलाले समेत धारणा राखेका थिए। सडक बिभागका महानिर्देशक रामहरि पोख्रेल उपमाहानिर्देशक चुडाराज ढकाल, दुग्ध बिकास सस्थान, खाद्य व्यावस्थापन कम्पनीका सिइओ, साल्ट टेडिङ कर्पोरेसन लिमिटेडका ब्रजेस झालगायतले कार्यक्रममा सहभागिता जनाएका थिए ।

प्रकाशित मिति:September 13, 2024