एक वर्षमा प्रतितोला ४५ हजार बढ्यो सुनको भाउ, के हो कारण ?

  Sampatti News 2024

September 15, 2024

काठमाडौं । २०८१ भदौ ३० गते सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैँया थियो । आज २०८२ भदौ ३० गते मा १ लाख ५६ हजार ८ सय रुपैयाँ पुगेको छ ।

यसरी एक वर्षको तथ्याङ्क हेर्दा पछिल्लो एक वर्षमा ४५ हजार रुपैयाँ प्रतितोला सुनको भाउ बढेको छ । पछिल्ला दिनहरुमा दिनदिनै मूल्य आकासिन थालेपछि यसले नेपाली बजारमा तरङ्गनै पैदा गरेको छ ।

आज नेपाली बजारमा १ लाख ५६ हजार ८ सय रुपैयाँ प्रतितोलामामा कारोबार भइरहेको छ । यो शुक्रबारको तुलनामा ५ सय रुपैयाँको वृद्धि हो ।

नेपालमा सुनका गरगहना बढी प्रयोग हुने हुँदा मूल्य वृद्धिलाई एकदम चासोका रुपमा हेरिन्छ ।

के कारण हुन सक्छ मूल्य वृद्धि ?

नेपालमा सुनको मूल्यमा अन्तराष्ट्रिय बजारलाई हेरेर समायोजन गरिन्छ ।

अन्तर्राष्ट्रिय बजार, वैदेशिक मुद्रा र अन्तर्राष्ट्रिय बैंकको ब्याजदरअनुसार नेपालमा मूल्य तलमाथि हुने गरेको छ ।
सुनको मूल्य बृद्धि हुनु युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले ब्याजदर घटाएको असरलाई लिन सकिने अर्थविदहरु बताउछन् । ईसीबीले पछिल्लो समय बैंकको ब्याजदर घटाएको छ । त्यहि असरले सुनको मूल्य वृद्धि भएको हुन सक्छ । विवरणहरुका अनुसार पछिल्लो समय ईसीसी ब्याजदर ०.२५ प्रतिशतले घटाएर ३.५० प्रतिशतमा पु¥याएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ह्वात्तै बढेको अर्थविदहरु विश्लेषण गर्छन् ।

त्यति मात्रै होइन अमेरिकी केन्द्रीय बैंकले फेडरल रिजर्भले पनि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ । जसको असर सुनको बजारमा देखिएको हो । ब्याजदर घटेपछि लगानीकर्ता डलरको सट्टा सुनमा लगानी गर्न उत्प्रेरित भएकाले सुनको माग र मूल्य बढेको बढेको हो ।

त्यसो त नेपाली बजारमा मात्रै होइन अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । शुक्रबारको कुरा गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २ हजार ५ सय ६८ दशमलव ५ अमेरिकी डलरमा कारोबार भएको थियो ।
आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनको असर समेत सुनको बजारमा देखिएको छ ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनले सम्भावित बजार अस्थिरताले लगानीकर्ताहरूलाई सुनको कारोबारतर्फ धकेल्न सक्ने, जसका कारण बजारमा माग बढी भएसँगै मू्ल्यमा समेत वृद्धि हुनक्ने विश्व गोल्ड काउन्सिलका बजार रणनीतिकार जोसेफ काभाटोनीको विश्लेषण रहेको छ ।

प्रकाशित मिति:September 15, 2024