पहिरोेले थलिएको सिन्धुपाल्चोकमै केन्द्रविन्दू भएर आयो भूकम्प

  Sampatti News

September 16, 2020

काठमाडौँ । सिन्धुपाल्चोक, राम्चे केन्द्रविन्दू बनाएर आज विहान ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

पछिल्लो केही समय सिन्धुपाल्चोकमा पानीका कारण ठूलाठूला पहिरो गएको छ भने दर्जनौँले पहिरोमा परि ज्यान गुमाएका छन् । कति अझै वेपत्ता रहेकै अवस्थामा आज विहानै सिन्धुपाल्चोक नै केन्द्रविन्दु भएर भुकम्प गएको हो ।

२०७२ सालमा गएको भूकम्पका कारण पनि सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा भएको थियो । त्यति बेलाको भूकम्पका कारण जमीन कमजोर भएको र अहिले पहिरो गएको अनुमान गर्न थालिएको छ ।

आज विहान भूकम्प गएपछि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले सबै सुरक्षा निकायलाई अलर्ट रहन निर्देशन दिएको छ । अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन ।

प्रकाशित मिति:September 16, 2020