डा. कमल प्रसाद पोख्रेल सचिवमा बढुवा

  Sampatti News 2024

September 18, 2024

काठमाडौं । सरकारले सहसचिव डा. कमल प्रसाद पोखरेललाई सचिवमा बढुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयका सहसचिव पोखरेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि डा. कमल प्रसाद पोखरेल, रघुराम विष्ट र बाबुराम अधिकारीको नाम सिफारिस गरेको थियो ।

सोहि अनुरुप पोखरेललाई सरकारले सचवमा बढुवा गरेको हो ।

प्रकाशित मिति:September 18, 2024