चार जना सचिवको सरुवा

  Sampatti News 2024

September 18, 2024

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले चार जना सचिवको सरुवा गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपक कुमार खराललाई वन तथा वातावरण मन्त्रालय र त्यहाँका सचिव डा. गोविन्द प्रसाद शर्मालाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको एक मन्त्रीले जनाकारी दिएका छन् ।

कृषि मन्त्री डा. खरालको सम्बन्धमा पछिल्लो समय धेरै गुनासाहरू आएका थिए । कृषि नै नबुझेका सचिव खरालले अन्टसन्ट वक्तव्य दिँदै हिँड्नेदेखि कर्मचारी सरुवामा ‘सेटिङ’ मिलाएको बताइँदै आइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल(ऊर्जा)लाई जल तथा ऊर्जा आयोगको सचिवालयमा र त्यहाँका सुरेश आचार्यलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय(ऊर्जा) मा लगिएको छ ।

प्रकाशित मिति:September 18, 2024