‘प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाइँ लड्नुपर्ने’

Nepal Cover
३ आश्विन २०८१, बिहीबार
image

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अब प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाइँ लड्नुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिको लागि लड्नुपर्ने बताए । एउटा युवाले देशभित्रै रोजगारी पाउने, एउटा श्रमिकले मर्यादित काम पाउने, प्रत्येक नागरिकलाई स्वास्थ्योपचारमा समान पहुँच, ओत लाग्ने ठाउँ नभएर कुनै नागरिकले आकाशतिर हेर्न नपर्ने अवस्था सिर्जना गर्नेगरी सरकारले काम गर्ने प्रतिबद्धता जनाए ।

उनले आफू नेतृत्वको सरकार बालबालिका सडकमा नभई विद्यालयमा भेटिने, किसानले कृषि उपजको बजार र मूल्य पाउने, अपाङ्गता भएका नागरिकले सम्मानपूर्वक बाँच्न पाउने, राज्य बुढेसकालको सहारा बन्नुपर्ने र कमजोर र असहायहरूको आड–भरोसा बन्नेतिर केन्द्रित रहेको बताए ।