किन दिएनन् प्रधानमन्त्रीले कुलमानलाई पुन नियुक्ति , अब आफ्नै साला ल्याउने यस्तो छ तयारी

  Sampatti News

September 16, 2020

नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको कार्यकाल सोमाबार सकिएको छ । कार्यकाल सकिएसँगै प्राधिकरणले उनलाई विधाई पनि गरिसकेको छ । तर जनता र देश देशप्रेमी जो कोहिको माग कुलमान पुन दोहोरीनुपर्छ भन्नेमा थियो । तर सरकारले यो जनता र देशको आवस्यकता भन्दा पनि एकलौटि निर्णय गर्यो ।

सर्वसाधरण जनता र राजनीतिक दलका ठूला नेता मात्र नभई प्राधिकरणका दोस्रो तेस्रो तहका व्यत्तिहरुको समेत माग कुलमानकै नेतृत्वमा काम गर्ने थियो । विदाईको कार्यक्रममा पनि प्राधिकरणका दोस्रो तेस्रो तहका अन्य कर्मचारीहरुले एकै स्वरमा भने ‘संस्थाका लागि अझै पनि कुलमान सरको नेतृत्वमा नै काम गर्न तयार छौ, हामीलाई उहाँकै आवश्यकता छ ।’

उर्जा मन्त्रालय पनि कुलमानलाई दोहोर्याउने पक्षमा रहेको थियो । मन्त्रालय स्रोतले भन्यो ‘प्रधानमन्त्री कार्यालयमा पुनः नियुक्तिको प्रस्ताव पनि दर्ता भएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले नै कुलमानलाई पुनः नियुक्तिका लागि तयार थिएनन् । जसका कारण कुलमान पुनः आउन् भन्ने अपेक्षा राख्ने प्राधिकरणका उपकार्यकारी निर्देशकसहित १० हजार कर्मचारी र आम जनताले सुखद खबर सुन्न पाएनन् ।’

प्रधिकरणका एक उपकार्यकारी निर्देशकले ‘राम्रा मान्छेलाई नियुक्त गर्न कुन कानूनले रोक्यो ? सम्धीहरु भए त सिधै नियुक्त हुन्थे नी’
उनले प्राधिकरणको कार्यकारी निर्देशक जस्तो पदलाई समेत राजनीति गर्नेले देश बनाउँछु भन्ने गफ दिन कत्ति सुहाउँला भन्दै सरकारको रवैयाप्रति आक्रोश समेत व्यक्त गरे ।

यो भन्दा केही दिन अगाडीको कुरा हो कुनमानको पुन नियुक्ति भयो भन्दै झुट समाचारले सामाजिक सञ्जाल छाएको थियो । जुन समय सरकारलाई जनताले धेरै नै प्रशंसा पनि गरे तर सरकारको कर्मले वास्तविक प्रशंसा भने सुन्न सकेन ।

नेकपाकै अर्का अध्यक्ष पुष्प कमल दाहाल‘प्रचण्ड’ तथा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले समेत कुलमानलाई नै पुनः नियुक्ति दिनुपर्छ भन्दै अगाडी बढेका थिए । तर पनि प्रधानमन्त्री यसका सकरात्मक नदेखिएपछि सम्भव भएन ।
बुधबार नै प्राधिकरणको निमित्त कार्यकारी निर्दशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको छ । तर पछि प्राधिकरणका वरिष्ठ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई दिने तयारी भित्रभित्रै भइरहेको छ । कार्यकारी निर्देशकको जिम्मेवारी पाउन हितेन्द्रदेव शाक्यले प्रधानमन्त्री पत्नी राधिका शाक्यमार्फत लबिङ गरिरहेका थिए । यसर्थमा शाक्य प्रधानमन्त्रीका साला पर्छन् ।

प्रकाशित मिति:September 16, 2020