हिजबुल्लाहविरुद्ध घातक आक्रमण गर्दै इजरायल

  Sampatti News 2024

September 22, 2024

काठमाडौं । इजराइलले लेबनानको सीमा नजिकको उत्तरी शहर हायफामा मानिसहरूलाई भेला नहुन चेतावनी जारी गरेको छ । यो चेतावनी दक्षिणी लेबनानमा इजरायलको हवाई हमलापछि हिजबुल्लाहले गरेको जवाफी कारबाहीको समयमा दिइएको हो ।

इजराइली सुरक्षा बल (आईडीएफ) का प्रवक्ता रियर एडमिरल डेनियल हगारीले जानकारी दिएअनुसार, दर्जनौं लडाकू विमानले दक्षिणी लेबनानमा हिजबुल्लाहले आफ्नो देशविरुद्ध हमलाको तयारी गरिरहेको स्थानहरूमा व्यापक रूपमा हमला गर्न थालिसकेका छन्।

राजधानी बेरूतमा शुक्रबार भएका हवाई हमलामा आईडीएफका अनुसार लगभग १२ हिजबुल्लाहका वरिष्ठ कमाण्डरहरू मारिएका छन् । तर लेबनानका अधिकारीहरुका अनुसार ती हमलामा ३७ जनाको मृत्यु भएको छ, जसमा तीन बालबालिका पनि रहेका छन्।

यसैबीच, अमेरिकी सरकारले आफ्ना नागरिकहरूलाई सो क्षेत्रबाट निस्किन अनुरोध गरेको छ । शुक्रबारदेखि इजराइल–लेबनान सीमामा इजराइली सेना र हिजबुल्लाह –डाकुबीच गोलाबारी जारी छ ।

प्रकाशित मिति:September 22, 2024