सहकारी गठी प्रकरणः गोरखा मिडियाका सञ्चालक पूर्व डीआईजी छविलाल जोशी पक्राउ

  Sampatti News 2024

September 22, 2024

काठमाडौं । गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी पक्राउ परेका छन् ।

प्रहरीले आइतबार अपरान्ह जोशीलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

सहकारी गठी प्रकरणको छानबिनका लागि गठित संसदीय समितिको सिफारिसका आधारमा प्रहरीले आकस्मिक पक्राउ पुर्जी लिएर पक्राउ गरेको हो ।

उनी नेपाल प्रहरीका पूर्व डीआईजी पनि हुन् । उनलाई पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोप रहेको छ ।

संसदीय छानबिन समितिले विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम ल्याएर दुरुपयोग गरेको अभियोगमा छवीलालसहित विभिन्न व्यक्तिहरुमाथि छानबिन गर्न सिफारिस गरेको छ ।
जसमा गोरखा मिडियाका तत्कालीन अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेल रहेका छन् ।

सहकारीसम्बन्धी संसदीय समितिले प्रतिवेदन बुझाएसँगै कारबाही प्रक्रिया अघि बढेको छ ।

प्रकाशित मिति:September 22, 2024