सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाको कति पुग्यो?

Nepal Cover
७ आश्विन २०८१, सोमबार
image

काठमाडौं। आइतबार मात्रै १ लाख ५८ हजार रुपैयाँ प्रतितोला नाघेर नयाँ रकेर्ड कायम गरेको सुनको मूल्यलले सोमबार थप रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।

यसअघि आइतबार १ लाख ५८ हजार ८ सय रुपैयाँ प्रतितोलाका दरले सुनको कारोबार भएको थियो।

सोअघि सुनको उच्च मूल्य १ लाख ५७ हजार ३ सय रुपैयाँको उचाइमा पुगेपछि आइतबार र सोमबार लगातार नयाँ कीर्तिमान कायम गरेको महासंघले जानकारी दिएको छ।

सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १९ सय २० रुपैयाँ नै रहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।