काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अकिृतमा आए गुरागाईँ

  Sampatti News 2024

September 23, 2024

काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईँ आएका छन् । उनले सोमबार आफ्नो कार्यभार सम्हाल्दै पदबहाली गरेका छन् ।

भदौ २७ गते बसेको मन्त्रिपरिषद्ले गुरागाईँलाई काठमाडौँ महानगरमा पठाएको थियो । यसअघि उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत ‘समृद्धि आयोजना’को प्रमुखका रूपमा कार्यरत थिए ।

परिचयात्मक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, नेतृत्वको प्रतिष्ठा तथा ओजले काठमाडौँको गौरव वृद्धि भएको र प्रतिष्ठा बढेको बताए । अहिलेको गौरव र प्रतिष्ठालाई कम हुन नदिने गरी सहकार्यबाट काम गर्नुपर्ने बताउँदै उनले नेतृत्वको नीति र कर्मचारी संयन्त्रको कुशल प्रशासनिक एवं व्यवस्थापकीय सिपले काठमाडौँको उचाइ बढ्दै जाने बताए ।

मन्त्रिपरिषद्को निर्णय अनुसार निवर्तमान प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन् ।

प्रकाशित मिति:September 23, 2024