नेप्सेमा गिरावट जारी, २४०० विन्दुमा झर्यो नेप्से

  Sampatti News 2024

September 24, 2024

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घटेर बन्द भएको छ । नेप्से ५८.९३ अंकले घटेर दुई हजार ४ सय ७० दशमलव ३९ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से नेप्से ५९.०२ अंकले घटेर दुई हजार ५ सय २९ दशमलव ३३ विन्दुमा बन्द भएको थियो ।            

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.६० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

 नेप्सेमा आज ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १० वटाको बढेको छ भने २३३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ७.८३ प्रतिशतले बढेर प्रतिकित्ता ८७९ रुपैयाँ पुगेको छ ।        

हिमालयन हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको १८ करोड ४१ हजार बराबरको कारोबार भएको छ ।  

प्रकाशित मिति:September 24, 2024