सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार?

  Sampatti News 2024

September 25, 2024

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलामा ७ सयले बढेर तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो।

यसअघि मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य पनि बढेको छ। तोलामा ४० रुपैयाँले बढेर आज चाँदीको मूल्य तोलाको १९५५ रुपैयाँ कायम भएको महासङ्घले जानकारी दिएको छ।

प्रकाशित मिति:September 25, 2024