विकल पौडेल र उनकी श्रीमतीविरुद्ध विदेशी विनिमय अपचलन मुद्दा 

  Sampatti News

October 1, 2024

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र उनकी पत्नी एलिना बस्नेतमाथि विदेशी विनिमय अपचलन कसुरको अभियोग लगाइएको छ। 

राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन कसुरको अभियोगमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । अभियोगपत्रमा पौडेलले नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई विदेशी बैंकमा खाता खोलेर रकम जम्मा गरेको कसुरमा सजायको माग दाबी छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विदेशी विनिमय अपचलन कसुरमा पौडेल दम्पतीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । पौडेलले गरेको अवैध विदेशी मुद्राको कारोबारमा बस्नेतको संलग्नता देखिएको अख्तियारले जनाएको छ ।
अख्तियारले पौडेलविरुद्ध ६१ करोड १३ लाख २१ हजार १ सय ५३ रुपैयाँ २० पैसा बिगो कायम गरी कानून बमोजिम ३ गुणाले हुने बिगो १ अर्ब ८३ करोड ३९ लाख ६३ हजार ४ सय ५९ रुपैयाँ समेत सजाय हुन मागदावी लिई अदालतमा मुद्दा दायर गरेको हो ।

यसै गरी बस्नेतलाई फरार कायम गरी १ करोड ५२ लाख ७० हजार ७ सय ४० रुपैयाँ बिगो कायम गरी ४ करोड ५८ लाख १२ हजार २२ रुपैयाँ सजाय हुन मागदावी लिई अदालतमा मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ ।

पौडेलले गैरकानूनी रूपमा नेपाल राष्ट्र बैंककको अनुमति/स्वीकृति नलिई विदेशी बैंकमा खाता खोली रकम जम्मा गर्ने, उक्त रकम श्रीमती लगायतको नाममा विदेशी बैंकमा जम्मा गर्ने र विदेशमा रहेका बैंक खातामा विभिन्न व्यक्तिबाट रकम जम्मा भएको/गराएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति:October 1, 2024