सुनको मूल्य बढ्यो, कति छ आजको बजार भाउ ?

Nepal Cover
१६ आश्विन २०८१, बुधबार
image

काठमाडौँ।  नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुन तोलाको १ लाख ६० हजार रुपैयाँ रहेको थियो । 

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९२५ रुपैयाँ रहेको चाँदी आज तोलाको १९३५ रुपैयाँमा कारोबार भइरहेको छ ।