नेप्सेमा २६.०७ अंकको गिरावट संगै १८७ कम्पनीको शेयर मूल्य घट्यो

  Sampatti News 2024

October 2, 2024

काठमाडौं ।साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार करिब ११५ अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो। आज नेप्से २६.०७ अंकले घटेर दुई हजार ५ सय ९७ दशमलव ४७ विन्दुमा बन्द भएको हो ।                                              

नेप्सेमा ६ अर्ब ७७ करोड ८१ लाख रुपैयाँमा सिमित बनेको छ । आज कारोबार भएका कम्पनीमध्ये ५४ वटाको बढेको छ भने १८७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                                    

तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा थ्रीस्टार हाइड्रोपावर लिमिटेड, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र स्टर्न हाइड्रोपावर लिमिटेड रहेका छन् ।    

बुधबार वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ भने एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २० करोड ७१ लाख बराबरको कारोबार भएको छ ।   

१३ उपसमूहमध्ये यस दिन वित्त उपसमूहबाहेक सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक १.७५ प्रतिशत बढेको छ। यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति:October 2, 2024