October 2, 2024
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले दुई विधेयक प्रमाणित गरेका छन्। अध्यक्ष दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका छन्। बुधवार अध्यक्ष दाहालले ती विधेयक प्रमाणित गरेका हुन्।
आजै ती विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरणका लागि शीतल निवास पठाइने दाहालको सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेले प्रमाणीकरण गरेपछि ऐन प्रारम्भ हुनेछ।
प्रकाशित मिति:October 2, 2024
April 17, 2025
April 17, 2025