यस्तो छ तपाईंको असोज १८ गते शुक्रबारको राशिफल

  Sampatti News

October 4, 2024

मेष : समय बलवान् छ ।दाम्पत्य जीवन सुखद् तथा धन लाभ, समस्या समाधान, पठनपाठनमा सफलता हुने देखिन्छ ।

वृष : समय शुभ भएकाले पैसा लाभ, शत्रु विजय, खेल–परीक्षा आदिमा सफलता होला ।

मिथुन : समय शुभ छ । थोरै परिश्रमले कार्य सफल, सन्तान–सुख, धन लाभ हुने देखिन्छ ।

कर्कट : दिन त्यति शुभ छैन । त्यसैले अपच, दिनचर्या अस्तव्यस्त, विवाद नहोला भन्न सकिन्न ।

सिंह : दिन उत्तम फलदायक छ । पैसा लाभ, मान–सम्मान, उन्नति–प्रगति हुने सम्भावना छ ।

कन्या : समय बलबान् छ । धन लाभ, सुख–सन्तोष, उपलब्धिमूलक कार्यमा लगानी हुने देखिन्छ ।

तुला : भाग्य चम्केको छ । धन, उपहार, कोसेली, उत्तम भोजन प्राप्तिका साथै कार्य सफल होला ।

वृश्चिक : समय अनुकूल नहुँदा अस्वस्थता, इष्टमित्रसँग विवाद हुन सक्छ । सजग रहनु बेस हुनेछ ।

धनु : थोरै प्रयासमा पनि विविध वस्तु वा सेवाको लाभ, मीठो भोजन, पैसा प्राप्ति हुने देखिन्छ ।

मकर : समय बलवान् छ । सुख–सन्तोष, कार्य सिद्धि, निरोगिता, जोश–जाँगर बढ्ने सम्भावना छ ।

कुम्भ : शुभ समयको आगमन भएकाले राज्यबाट सुख, व्यापारिक सफलता, यश–ऐश्वर्य वृद्धि होला ।

मीन : समय त्यति शुभ देखिँदैन । बिरामी, कार्य बाधा, धन हानि हुन सक्छ, सजग रहनुहोला ।

प्रकाशित मिति:October 4, 2024