सूनको मूल्यमा फेरि नयाँ कीर्तिमान, कति बढ्यो तोलामा?

Nepal Cover
१८ आश्विन २०८१, शुक्रबार
image

काठमाडौं । सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। आज सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ६१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

यस अघि असोज ११ गते सुनको मूल्य एक लाख ६१ हजार २ सयमा कारोबार भएको थियो। त्यस्तै बिहीबार भने सुनको मूल्य एक लाख ६० हजार ९ सयमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदीको मूल्य ३ रुपैयाँले बढेर १९८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।