हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त

Nepal Cover
१८ आश्विन २०८१, शुक्रबार
image

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा अञ्जु श्रेष्ठलाई नियुक्त गरेको छ । उनी नेपालको जेनेरल बीमा कम्पनीको इतिहासमा दोस्रो महिला सीईओ बन्न सफल भएकी छन् । 
बीमा क्षेत्रमा २९ वर्षको अनुभव रहेकी श्रेष्ठले शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेकी छन्। फागुन १६, २०५२ मा सहायक अधिकृतको रूपमा बीमा क्षेत्रमा संलग्न भएकी उनको समर्पण, अथक परिश्रम र उत्कृष्टताको प्रतिबद्धताले उनलाई विभिन्न पदमा अघि बढाउँदै अन्ततः कम्पनीको सीईओको पदसम्म पु¥याउन सफल भएको छ।

सिईओको रूपमा उनले आफ्नो अनुभव र नयाँ योजनाको साथ हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्न कम्पनीले जनाएको छ।नियुक्तिको अवसरमा नव नियुक्त सीईओ अञ्जु श्रेष्ठले कम्पनीको नेतृत्व गर्न पाउँदा सम्मानति महसुस गरेको बताइन्।

नयाँ प्रविधि तथा दिगो वृद्धिलाई प्रोत्साहन गर्दै ग्राहक–केन्द्रित समाधानहरू प्रदान गर्नका लागि आफूले काम गर्ने उनको भनाइ छ।कम्पनीका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठले सीईओ श्रेष्ठको नेतृत्वमा कम्पनीले थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।