नवनियुक्त प्रधानन्यायाधीश राउतको नियुक्ति र शपथ ग्रहण आज

  Sampatti News 2024

October 6, 2024

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नियुक्ति र शपथ ग्रहण आज हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ । शपथ ग्रहण कार्यक्रम दिउँसो साढे १ बजे निर्धारण गरिएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाश भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् । संवैधानिक परिषद्को बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेको थियो । राउत साढे एक वर्ष प्रधानन्यायाधीश रहनेछन् ।

प्रकाशित मिति:October 6, 2024