सभापति देउवा होम आइसोलेसनमा

  Sampatti News

September 18, 2020

काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा होम आइसोलेसनमा बसेका छन् । उनको नीजि सचिवालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि देउवा होम आइसोलेसनमा बसेका हुन्।

देउवा कन्ट्रयाक ट्रेसिङमा परेपछि होम आइसोलेसनमा बसेका हुन् । सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
सभापति देउवाको आज स्वाब परीक्षण गर्ने छन् । देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित भएको छ ।

प्रकाशित मिति:September 18, 2020