वाणिज्य बैंकहरूले कात्तिकमा पनि घटाए व्याजदर, कुन बैंकले कति घटाए ?

  Sampatti News 2024

October 16, 2024

काठमाडौं । बाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आज सार्वजनिक गरेको ब्याजदरमा अधिकांश बैकले ब्याजदर घटाएका छन् । नबिल बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ ।  बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ ब्याजदर प्रदान गर्नेछ । 

असोजमा बैंकले व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर रहेकोे थियो । साथै बैंकले कात्तिकमा साधारण बचततर्फ सबै खातामा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । 

कुन बैंककाे ब्याजदर कति ?

एनआईसी एशिया बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । एनआईसीले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ६.९९ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि व्यक्तिगत निक्षेप र संस्थागततर्फको ब्याजदर घटाएको छ । बैंकले असोज महिनाका व्यक्तिगततर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सिटिजन्स इन्टरनेशनल बैंकले पनि कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेप र संस्थागततर्फ दुवैको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदर तोकेको छ ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकले पनि व्यक्तिगतको ब्याजदर घटाएको छ भने संस्थागततर्फ स्थिर राखेको छ । व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.८ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ ।

प्राइम कमर्सियल बैंकले पनि कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागतको ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कात्तिक महिनाका लागि व्यक्तिगततर्फको ब्याजदर स्थिर राखेको छ भने संस्थागततर्फको घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी सनराइज बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सिद्धार्थ बैंकले पनि ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

नबिल बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

यस्तै, नेपाल बैंक लिमिटेडले भने ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ५.९५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.९४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

हिमालयन बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

कृषि विकास बैंकले असोज महिनाका लागि ब्यक्तिगत तर्फको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५६ प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

प्रभु बैंकले व्यक्तिगत र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । जसअनुसार कात्तिक महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५.१प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यस्तै, एभरेष्ट बैंकले पनि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको छ ।

सानिमा बैंकले कात्तिक महिनाका लागि व्यक्तिगततर्फको ब्याजदर बढाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१५ प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।

नेपाल एसबीआई बैंकले भने कात्तिक महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

यस्तै, ग्लोबल आइएमई बैंकले भने ब्याजदर स्थिर राखेको छ । असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

एनएमबी बैंकले पनि कात्तिक महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

माछापुच्छ्रे बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

प्रकाशित मिति:October 16, 2024