सुनको मूल्यमा पुन: नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?

  Sampatti News 2024

October 17, 2024

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको हाे ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य  हालसम्मकै उच्च हो। बुधबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । उक्त मूल्यलाई ब्रेक गर्दै सुनको मूल्यले आज निरन्तर दोस्रो दिन नयाँ उचाई बनाएको हो ।

त्यस्तै, यस दिन चाँदी मूल्य स्थिर रहेको छ । बुधबारको बजारमा कायम मूल्यमा नै चाँदीको खरिदबिक्री भएको हो । चाँदीको मूल्य प्रतिताेला एक हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ । 

प्रकाशित मिति:October 17, 2024