दुई हजारले बढेर सुनको मूल्यमा नयाँ कीर्तिमान

  Sampatti News 2024

October 18, 2024

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो ।

आज सुन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार ४ सय रुपैयाँमा कायम भएको छ।

बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदी पनि बढेको छ । आज चाँदी ३० रुपैयाँले बढेर ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार९५० रुपैयाँमा खरिदबिक्री भएको थियो । 

प्रकाशित मिति:October 18, 2024