काठमाडौँ । अब नेपामा उपत्यका बाहिर पनि इलेक्ट्रोनिक गाडी चल्ने भएको छ । भव लक्ष्मि यातायातले उपत्यकाबाट रामेछापको लागि विद्युतबाट चल्ने गाडीहरूको शुभारम्भ गरेको छ । पुर्ब प्रधानमन्त्री एवं नेकपाका बरिस्ठ नेता माधबकुमार नेपालले आज यसको उद्घाटन गर्नुभएको छ । उपत्यका बाहिरको लागि पहिलो पटक रामेछाप वासीलाई लक्ष्यित गरेर सुरु गरिएको छ ।
भव लक्ष्मि यातायातको सेवा उद्घाटन गर्दै पुर्ब प्रधानमन्त्री नेपालले यो सेवा पर्यावरणको हिसाबले उपलब्धिमूलक रहेको बताउनुभयो । देशको बिजुलीबाट चल्ने यस्ता विद्युतिय बसहरुका कारण वातावरण स्वच्छ मात्र नभई आत्मनिर्भरको अभियानमा समेत सहयोग पुग्ने बिश्वास बढेको उहाँले बताउनु भयो ।

सो यातायातले आजबाट काठमाडौ देखी रामेछाप मन्थली सम्मको यात्रा शुरु गरेको यतायातका सम्योजक ऋतु चौलागाईंले सम्पत्ति न्युजलाई बताउनुभयो । सो यातायातको संचालक समितिको टिममा सुबोध चौलागाईं भुपेन्द्र चौलागाईं ,बासु गौतम लगायत सात जानको रहेको सुबोध चौलागाईंले जानकारी दिनुभएको छ। सेवालाई आधुनिक हिसाबले यात्रुलाई बढी भन्दा बढी स्तरीय सेवा दिने हिसाबले भव लक्ष्मि यातायातले सेवा शुरु गरेको संचालक बासु गौतमले उदघाटन कार्यक्रममा बताउनु भयो । स्मरणीय रहोस् उपत्यका बाट बाहिर चल्ने यो यातायात नै पहिलो हो ।
