आज एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Nepal Cover
२६ कार्तिक २०८१, सोमबार
image

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा रु एक हजारले घटेको छ ।। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य घटेको हो।

सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँ रहेको थियो।

सोमबारका लागि चाँदीको मूल्य पनि घटेको महासंघले जानकारी दिएको छ। महासंघका अनुसार सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १९ सय ५५ रुपैयाँ तोकिएको छ। आइतबार चाँदीको कारोबार प्रतितोला १९ सय ६० रुपैयाँमा भएको थियो।