ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

Nepal Cover
२७ कार्तिक २०८१, मंगलवार
image

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ६२ हजार ६०० मा किनबेच भइरहेको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेको छ। सोमबार प्रतितोला रु एक हजार ९५५ मा कारोबार भएको चाँदी आज एक हजार ९२५ मा खरिदबिक्री भइरहेको छ।