November 12, 2024
काठमाण्डू, आइसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत कुवेतविरुद्ध नेपाली टिम कप्तान पूजा महतोले शतक पूरा गरेकी छन् ।
उनले ५७ बलमा १२ चौकासहित शतक पूरा गरेकी हुन् ।
यू–१९ क्रिकेटमा पूजाको यो पहिलो शतक हो । आफ्नो पाँचौं खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले यो समाचार तयार पार्दासम्म १६.२ ओभरमा २ विकेट गुमाएर १ सय ६६ रन बनाएको छ ।
नेपाल र कुवेतबीचको खेल दुबईस्थित द सेभेन स्टेडियममा भइरहेको हो । प्रतियोगितामा नेपालले ४ खेलमा ३ जीत र एक हार बेहोर्दै अङ्कतालिकामा ४ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।
नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यस्तै, कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ ।
छनोट प्रतियोगिता नेपाल, कुवेत, यूएई र थाइल्याण्ड सहभागी छन् ।
प्रकाशित मिति:November 12, 2024
April 14, 2025
April 14, 2025