यू-१९ विश्वकप छनोटमा कुवेतविरुद्ध पूजा महतोको सानदार शतक

Nepal Cover
२७ कार्तिक २०८१, मंगलवार
image

काठमाण्डू, आइसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत कुवेतविरुद्ध नेपाली टिम कप्तान पूजा महतोले शतक पूरा गरेकी छन् ।

उनले ५७ बलमा १२ चौकासहित शतक पूरा गरेकी हुन् ।

यू–१९ क्रिकेटमा पूजाको यो पहिलो शतक हो । आफ्नो पाँचौं खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले यो समाचार तयार पार्दासम्म १६.२ ओभरमा २ विकेट गुमाएर १ सय ६६ रन बनाएको छ ।

नेपाल र कुवेतबीचको खेल दुबईस्थित द सेभेन स्टेडियममा भइरहेको हो । प्रतियोगितामा नेपालले ४ खेलमा ३ जीत र एक हार बेहोर्दै अङ्कतालिकामा ४ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यस्तै, कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ ।

छनोट प्रतियोगिता नेपाल, कुवेत, यूएई र थाइल्याण्ड सहभागी छन् ।