नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम भने बढ्यो

Nepal Cover
२८ कार्तिक २०८१, बुधबार
image

काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १४.१२ अंक घटेर २७३४.८३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७२ अंक घटेको छ।

आज कुल ३०८ कम्पनीका एक करोड ५३ लाख ६२ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९१ करोड १९ लाख बराबरको कारोबार भएको थियो ।

आज सप्तकोशी डेभलपमेन्ट बैंक र सृजनशील लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज कुठेली बुखेरी हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबैभन्दा बढी जानकी फाइनान्सको ३३ करोड ८६ लाख ३३ हजार बराबरको कारोबार भएको छ भने पोखरा फाइनान्सको २५ करोड ८९ लाख बराबरीको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.२० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक करिब साढे १ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।