सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Nepal Cover
३० कार्तिक २०८१, शुक्रबार
image

काठमाण्डू, नेपाली बजारका शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । बिहीबार दुई हजार दुई सय रुपियाँले घटेको सुनको मूल्य आज एक सय रुपियाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासङ्घले आज छापावाल सुनको मूल्य एक लाख ६० हजार एक सय रुपियाँ पुगेको जनाएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि पाँच रुपियाँले वृद्धि भएको छ । योसँगै चाँदीको मूल्य प्रतितोला एक हजार ९१० रुपियाँ पुगेको छ ।