थप १ हजार १ सय ५४ जनामा संक्रमण पुष्टि

Nepal Cover
५ आश्विन २०७७, सोमबार
image

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६५ हजार २ सय ७६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १ हजार ५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४७ अजार २ सय ३८ पुगेको छ ।