काठमाडौँ । समीर राईविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । दुबईमा मनी ट्रान्सपोर्टरको रूपमा काम गर्ने राईले चोरीको कसुर गरी विदेशी मुलुक दुबईमा प्राप्त गरेको ९८ लाख ५८ हजार नौ सय ४३ रुपैयाँ वायर ट्रान्सफरका माध्यमले नेपाल भित्र्याएको पुष्टि हुन आएको भन्दै राईमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा चलाएको हो ।
उनले कम्पनीमा जम्मा गर्नुपर्ने रकम जम्मा नगरी रकम लिई नेपाल आएका थिए ।
उनले नेपाल बैंक ललितपुरको खातामा जम्मा गरेको धरौटी आम्दानी ९० लाख ५८ हजार दुई सय ४३ रुपैयाँ जफत हुन मागवादीसमेत विभागले गरेको छ ।