किर्ते, विद्युतीय कारोबारसहितका अभियोगमा प्रहरी नियन्त्रणमा रहेका ब्यावसायी प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

  Sampatti News

November 26, 2024

काठमाण्डू, मेडिकल ब्यावसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराइएको छ ।

किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि केही दिन अघि पक्राउ परेका प्रसाईलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।

प्रसाईं पक्राउ गरे पछि उनका छोरा नीराजन प्रसाईंले गत मङ्सिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए ।

निवेदनमा प्रसाईंलाई गैरकानूनी रूपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए ।

सो निवेदनका आधारमा उनलाइ सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।

न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आइतबार आदेश दिएको थियो ।

प्रकाशित मिति:November 26, 2024