संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एसीसी यु–१९ एसिया कप टोलीको बिदाइ

  Sampatti News

November 26, 2024

काठमाण्डू, नेपाल क्रिकेट सङ्घ ९क्यान० ले मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स ९युएई० मा सुरु हुने एसीसी यु–१९ एसिया कप क्रिकेट खेल्न जाने टोलीको बिदाइ गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य सचिव टङ्कलाल घिसिङ, क्यानका उपाध्यक्ष दिवाकर घले, सचिव पारस खड्कालगायतले खेलाडीको बिदाइ गरे ।

एसिया कपमा लागि क्यानले यसअघि नै हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ । टोलीको उपकप्तानमा अर्जुन कुमाल रहनुभएको छ ।

अन्य खेलाडीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार छन् ।

टोलीको प्रमुख प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धीरेन्द्र चन्द रहेका छन् ।

मुख्य प्रशिक्षक गौचनले टोलीले पर्याप्त तयारी गरेकोले लक्ष्य उपाधि भएको बताए ।

‘कर्नाटकसँग पाँच खेलको अभ्यास सिरिजले पनि खेलाडीको मनोबल उच्च रहेको छ । समग्रमा ब्यालेन्स टिम रहेकोले राम्रो गर्नेछौँ,’ गौचनले भने ।

एसिया कपमा नेपाल समूह ‘बी’ मा रहेको छ । यस समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का रहेको छ ।

नेपालले मङ्सिर १४ गते श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेको छ । सेमिफाइनल खेल मङ्सिर २१ र फाइनल खेल २३ गते हुनेछ ।

प्रकाशित मिति:November 26, 2024