सहकारी ठगीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका रास्वपाका सभापति लामिछानेलाई पोखराबाट काठमाडौं ल्याउँदै

Nepal Cover
१३ मंसिर २०८१, बिहीबार
image

काठमाण्डू, सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पोखराबाट काठमाडौंका ल्याउँदैछ ।

गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको हो ।

उनलाई अहिले बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याउन लागिएको हो । स्रोतका अुनसार उनी सवार जहाज भर्खरै पोखराबाट उडेको छ ।।

उनलाई यसअघि रुपन्देही लगेर बयान लिइएको थियो भने जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।