सप्तकोसीको बजेट झन्डै ४७ करोड

  Sampatti News

September 24, 2020

काठमाडौँ । सप्तरीको सप्तकोसी नगरपालिकाले बुधबार नगरसभा मार्फत वार्षिक बजेट रु ४६ करोड ८१ लाख ६७ हजार ४७० पारित गरेको छ । नगरपालिकाले पाँचौँ नगरसभा सम्पन्न गरेको हो । नगर प्रमुख उत्तमकुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख आशा चौधरीले सार्वजनिक गर्दै आर्थिक वर्ष २०७७–७८ को वार्षिक बजेट पारित गरी नगर सभासम्पन्न भएको हो ।

नगरसभाको उद्घाटनमा प्रदेश नं २ का प्रदेश सभासदस्य सत्यनारायण मण्डलले देशमा व्यवस्था फेरिए पनि मानिसको सोचमा परिवर्तन नभएको बताए । नयाँ प्रणालीमा देश गए अनुसार जनताको चाहना पनि फेरिनु पर्नेमा उहाँले जोड दिए ।

कार्यक्रममा जेष्ठ नागरिक मुरारी कार्कीले जनप्रतिनिधीबाट पारित योजना अक्षरस पालना हुनुपर्ने बताए । नेपाल किसान सङ्घका केन्द्रीय सदस्य पुष्प बस्नेतले स्थानीय स्तरमा सञ्चालन भएका उद्योग सञ्चालनमा टेवा पु¥याउन र किसानको समस्यालाई सम्बोधन गर्न वरिपरी भएका जडिबुटी सङ्कलन गरी आयआर्जनलाई अगाडी बढाउन नगरपालिकालाई सुझाव दिए।

प्रकाशित मिति:September 24, 2020