November 30, 2024
काठमाण्डू, नेपाल पाकिस्तानमा जारी ब्लाइन्ड क्रिकेट (दृष्टिविहीनको क्रिकेट) टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
६ देश सहभागी विश्वकपको लिगमा चौथो स्थानमा रहँदै नेपाल पहिलोपटक सेमिफाइनल पुगेको हो ।
नेपालले आइतबार हुने सेमिफाइनलमा घरेलु टोली पाकिस्तानको सामना गर्दैछ । लिगमा शीर्षस्थानमा रहँदै पाकिस्तान अन्तिम चारमा पुगेको हो ।
पाकिस्तानले लिग चरणमा नेपाललाई १० विकेटले पराजित गरेको थियो ।
लिग चरणमा नेपाल पाकिस्तानसँगै श्रीलंका र बंगलादेशसँग पराजित भएको थियो । दक्षिण अफ्रिका र अफगानिस्तानलाई भने हराएको थियो ।
नेपालसँग पराजित दक्षिण अफ्रिका र अफगानिस्तान लिग चरणबाटै बाहिरिएका छन् ।
सुरुमा ७ टोलीको सहभागिता रहने भनिएपनि भारत अन्तिम समयमा पाकिस्तान नगएपछि ६ टोलीले विश्वकप खेलेका हुन् ।
नेपालले सन् २०१२ देखि ब्लाइन्ड क्रिकेट विश्वकपमा सहभागिता जनाउँदै आएको छ ।
यसअघि नेपालले तीन संस्करणका विश्वकप खेले पनि सेमिफाइनलसम्म पुग्न सकेको थिएन ।
प्रकाशित मिति:November 30, 2024
December 28, 2024