November 30, 2024
राल्पा, रोल्पामा झोलुगें पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुर्दा ५ जनाको मृत्यु भएको छ।
आइतवार बिहान पुरिएर सुनछहरी गाउँपालिकाकै वडा नम्बर ३ बाहिरी गाम बस्ने वर्ष ४५ का दुजमन परियार, सोही ठेगानाका वर्ष ३१ का ओम परियार, वर्ष ४० की सुबित्रा परियार, वर्ष २७ की आइती परियार र वर्ष ६६ का देवीराम परियारको मृत्यु भएको रोल्पाका प्रहरी निरीक्षक विजय चापागाईंले जानकारी दिए ।
माटोले पुरिएको अवस्थामा २ पुरुष र २ महिला गरी ४ जनाको शव निकालिएको छ।
७ जनाले काम गरिरहेको अवस्थामा २ जना भने भागेर ज्यान जोगाउन सफल भएका छन्।
रोल्पा जिल्ला प्रहरी कार्यालयका अनुसार सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाम भन्ने स्थानमा मौलावाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणका लागि खाल्डो खनी पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खसेर लाग्दा ५ मजदुर पुरिएका हुन्।
प्रकाशित मिति:November 30, 2024