December 2, 2024
काठमाण्डू, सिद्धार्थ बैंकका अध्यक्ष मनोजकुमार केडियामाथि २ वटा फौजदारी मुद्दा दर्ता भएको छ ।
केडियाको स्वामित्व रहेको सिद्धार्थ मिनरल्स प्रा.ली र वि.एस सिमेन्ट उद्योगले गैरकानूनी रुपमा वन क्षेत्र अतिक्रमण गरी उत्खनन् गरेको भन्दै डिभिजन वन कार्यालय पाल्पाले अदालतमा अभियोग पत्र दर्ता गराएको हो ।
सिमेन्ट ईन्डस्ट्रिजले पाल्पाको कसेनी गाविस हाल माथागढी नगरपालिका ५ धमिगामा पर्ने खानी क्षेत्रमा भोगाधिकार भन्द्या ८.२४ हेक्टर क्षेत्रमा गैरकानूनी भोगाधिकार लिएको जम्मा ४.८८ क्षेत्रफल भन्दा बढी ८ हेक्टर वन क्षेत्र उत्खनन् गरी दोहन गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ ।
अभियोग पत्र पेश हुँदै गर्दा भने ९.६४ हेक्टर राष्ट्रिय वन क्षेत्रमा अतिक्रमण गरी उत्खनन् गरेको र चुनढुंगा निकालेको जनाएइको छ ।
अभियोग पत्र अनुसार ९३ लाख १५ हजार ६ सय घनफिट चुनढुंगा गैरकानूनी रुपमा उत्खनन् गरी वन नियमावली अनुसार १० करोड ३३ लाख ३२ हजार १ सय ९७ रुपैयाँ बिगो कायम गरिएको थियो ।
तर, स्विकृत माइनिङ स्किम अनुसार भने बिगो रकम ४४ करोड ६२ लाख ३९ हजार ४ सय ५० रुपैयाँ कायम भएको थियो ।
शक्तिकेन्द्रसँग चलखेलकै आधारमा विगो रकम समेत पटक पटक संशोधन गरी अन्तिममा ४ करोड १५ लाख रुपैयाँ कायम गरिएको छ ।
केडियाको विगो रकम घटाउनका लागि वन ऐन नै संशोधन गरिदिएको तथ्य भेटिएको छ ।
डिभिजन वन कार्यालयले संचालकहरु मनोजकुमार केडिया, सविता केडिया, जगदिशकुमार अग्रवाल र राजेशकुमार अग्रवालको आपारधिक दायित्व रहने भन्दै प्रतिवादी ठहर गरेको थियो ।
अभियोग पत्रमा दुई मुद्दामा केडियालाई प्रति मुद्दा ७ वर्षका दरले १४ वर्ष र डेढी सजाय गरी १६ वर्ष कैद सजाय माग गरिएको छ । तर, उनी दुवै मुद्दामा धरौटीमा छुटेका छन् । एक मुद्दामा भने पक्राउ समेत परेको पाइएको छ ।
सिद्धार्थ बैंकका अध्यक्ष रहेका मनोजकुमार केडियालाई १६ वर्ष कैद सजाय माग गरिएको छ । तर, उनी रहस्यमयी रुपमा दुवै मुद्दामा धरौटीमा छुटेका छन् ।
प्रकाशित मिति:December 2, 2024