जनता र सदनले नमानेपछि एक दिन पनि टिकेन दक्षिण कोरियाको सैन्य कानून

Nepal Cover
१८ मंसिर २०८१, मंगलवार
image

एजेन्सी, दक्षिण कोरिया राष्ट्रपति योन सुल यिओलले मङ्गलवार राति एक टेलिभिजन सन्देशबाट गरेको घोषणापछि लागेको सैन्य कानून फेल खाएको छ ।

कानून लागू भएको भनिएको दुई घण्टा भन्दा छोटो समयमै सदनले बहुमत सदस्यबाट कानुन गैर कानूनी भएको मतदानबाट पारित गर्‍यो । उपस्थित ३०० मा १९० ले कानून अन्त्यको पक्षमा मत दिएका थिए ।

सदनलाई रोक्न हेलिकप्टरबाट सेना आएर धरपकड प्रयास गरे तर नागरिक र सांसदहरु टसटस नभए पछि उनीहरू फिर्ता गएका थिए ।

मङ्गलवार राति सदनको झ्याल फोडिएको र सडक प्रदर्शन गरिएका समाचार सार्वजनिक भएका थिए । तर, यो सैन्य कानूनबाट राष्ट्रपति अहिले पछि हट्न बाध्य भएका छन् ।

बेलायती विश्व च्यानल बीबीसीले यो समाचार प्रकाशन गरेको छ ।

उत्तर कोरियाबाट सुरक्षा जोखिम भन्दै लाएको कानुन फेल भएपछि राष्ट्रपतिको राजीनामा वा महाअभियोगमा एक आउने चर्चा सुरु भएको छ ।