लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको चुनौतीपूर्ण लक्ष्य

Nepal Cover
१८ मंसिर २०८१, मंगलवार
image

काठमाण्डू, लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि विराटनगर किङ्ग्सलाई एक सय ९२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ९१ रन बनायो । यो जारी लिगको सर्वाधिक ठूलो योगफल हो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४६ रन बनाए । उनले २९ बलमा चार चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाए ।

यस्तै टम मोर्सले ३०, विवेक यादवले अविजित १९, ओपनर अर्जुन साउदले १७, आशुतोष घिरैया र साद बिन जफरले १५र१५ र सन्दीप जोराले १२ रन बनाए ।

बलिङमा विराटनगरका इस्मत अलाम, राजन पुलामी र कप्तान सन्दीप लामिछानेले एक एक विकेट लिए ।

लुम्बिनीको यो लिगमा पहिलो खेल हो । तेस्रो खेल खेलिरहेको विराटनगरले यसअघिका दुई खेलमा हार खेपेको छ ।

विराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोट्ल्ससँग आठ विकेट र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको थियो ।