चितवनविरुद्ध टस जितेर फिल्डिङ गर्दै कर्णाली

Nepal Cover
२० मंसिर २०८१, बिहीबार
image

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध कर्णाली याक्सले पहिले फिल्डिङ गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ रोजेको हो ।

अहिले चितवनले ब्याटिङ गरिरहेको छ। प्रतियोगितामा कर्णाली पहिलो जीतको खोजीमा छ।

कर्णाली यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग तीन विकेट पराजित भएको थियो।

यता, चितवन भने प्रतियोगितामा आज लगातार तेस्रो जीतको खोजीमा छ।